नेकपा एसद्धारा स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक

मुख्य खबर मङ्लबार बैशाख ६, २०७९

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले घोषणा पत्र सार्वजनिक गर्नुभएको हो । घोषणा पत्रमा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुपर्नाको कारणलाई विशेष जोड दिएर उल्लेख गरिएको पार्टीका उपमहासचिव विजय पौडेलले जानकारी दिनुभयो ।

त्यसैगरी घोषणा पत्रमा माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेका काम, २०५१ सालमा एमालेको नौ महिने सरकारले गरेका ‘आफ्नो गाउँ आफैं बनाऔं’ लगायतका कार्यक्रमहरू समावेश गरिएको छ ।

अध्यक्ष नेपालले गठबन्धनभित्र आफ्नो पार्टीको अपमान भए सह्य नहुने बताउनुभयो । नेपालले आफूहरुलाई आफ्ना शक्तिमा विश्वास भएको भन्दै मूल्याङ्कन र अवमूल्यन दुवै ठीक नभएको टिप्पणी गर्नुभयो । महानगरपालिका, उपमहानगरपालिका र स्थानीय तहमा तालमेल मिलाउनेबारे छलफल भइरहेको भन्दै नेपालले सबै ठाउँमा सहमति गर्न गाह्रो भएको समेत बताउनुभयो ।

हेर्नुहोस् यस्तो छ घोषणापत्र

https://drive.google.com/file/d/1tXHP5FGV4oEuTj5TGtliAmeRw7bB8nOq/view

Leave a Comment