देउवाले चितवन कांग्रेस सभापतिलाई भने, निर्णय बदल्नुहोस्

मुख्य खबर मङ्लबार बैशाख ६, २०७९

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले चितवनका कांग्रेस सभापतिलाई बोलाएर आफ्नो निर्णय बदल्न आग्रह गरेका छन । स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलबीच चुनावी तालमेल हुँदा महानगर र उपमहानगरको सिट बाँडफाँडमा समस्या भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले चितवनका सभापति राजेश्वर खनाललाई काठमाडौं बोलाएका थिए ।

सबै महानगरपालिकाको प्रमुख पदमा कांग्रेसले आफ्नो दाबी नछोड्दा चुनावी तालमेल गर्न समस्या हुने भएपछि कांग्रेस सभापति देउवाले स्थानीय नेता कार्यकर्तासँग परामर्श गरेका हुन् । प्रधानमन्त्री देउवाले विवाद भइरहेका जिल्लाका नेतालाई काठमाडौं बोलाएका थिए ।

देउवाले बोलाएपछि चितवन कांग्रेसका सभापति राजेश्वर खनाल सोमबारै काठमाडौं आएका थिए भने पोखरा महानगरपालिकाको विषयमा छलफल गर्न कास्की जिल्ला सभापति किशोरदत्त बरालसहित नेताहरु समेत काठमाडौं आएका छन् ।

चितवन सभापति खनालले मंगलबार विहान ११ बजे सभापति एवम् प्रधानमन्त्री देउवासँग भेट गरेको बताए ।भेटमा प्रधानमन्त्री देउवाले सभापति खनाललाई चुनावी तालमेल गर्दा भरतपुर महानगरपालिका माओवादी केन्द्रलाई दिनुको विकल्प नभएको भन्दै चितवन कांग्रेसको निर्णय बदल्न आग्रह गरेका थिए । तर, सभापति खनालले आफूले कार्यकर्ताको भावनाविपरीत निर्णय बदल्न नमिल्ने भनेको बताए ।

Leave a Comment