गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ, चनाखो बन्नुपर्छ- देउवा

मुख्य खबर मङ्लबार बैशाख ६, २०७९

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले सत्ता साझेदार दलहरुको गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् । नेपाली कांग्रेस निटक भातृ संगठन नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले उक्त कुरा बताएका हुन ।

एउटै दलको बहुमत आउने सम्भावना नभएकाले कसै न कसैसँग मिल्नुपर्ने भन्दै सभापति देउवाले भने, ‘गठबन्धन भएपछि गिभ एण्ड टेक हुन्छ । सबै तपाईंलाई दिन गठबन्धन गरेका होइनन् ।’ गठबबन्धन टुटाउन खोज्ने षड्यन्त्रकारीसँग साबधान बन्नुपर्छ ।

Leave a Comment