काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुनेमा ढुक्क रहन आग्रह गरेका छन । मंगलबार निर्वाचन आयोगले नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालको सहकार्यमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै थपलियाले वैशाख ३० मै निर्वाचन हुने बताएका हुन।
कार्यक्रमलाई सम्बोधन गर्दै “निर्वाचन समयमा नहुने भन्दै दूषित समाचार आएका छन्, तर यो सत्य होइन,” प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, “हामीले गत कात्तिकदेखि निर्वाचनको वातावरण बनाउन थाल्यौं। यसमा अब कुनै शङ्का र संशय छैन।”
थपलियाले निर्वाचनमा हुने खर्चको अनुगमन बढाएको बताए। यस्तै, आचारसंहिता लागू गर्न प्रेस काउन्सिल र पत्रकार महासंघको सहकार्यमा काम भइरहेको समेत बताएका छन ।