सत्ता गठबन्धनको बैठक सर्‍यो

राजनीति मङ्लबार बैशाख ६, २०७९

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि बोलाएको सत्ता गठबन्धनको बैठक सारिएको छ । स्थानीय निर्वाचनमा सिट बाँडफाँटका लागि बोलाइएको सत्ता गठबन्धनको बैठक ३ घन्टा पछाडि सारिएको छ । बैठक दिउँसो दुई बजे बस्ने भएको छ ।

सोमबार दिनभर छलफलपछि साढे ११ बजे बस्ने भनिएकोमा नेताहरुले पार्टीका आन्तरिक छफलका लागि समय आवश्यक भन्दै बैठक सारेका हुन् । त्यसअघि देउवाले पोखरा र भरतपुरबारे छलफल गर्न जिल्ला सभापतिहरुलाई काठमाडौं बोलाएका छन् ।

Leave a Comment