सातौ राष्ट्रिय कृषि गणना आजबाट सुरु हुँदै

समाज मङ्लबार बैशाख ६, २०७९

काठमाडौं । सातौ राष्ट्रिय कृषि गणना आजबाट सुरु हुँदैछ । ७ सय ५३ स्थानीयतहमा ३ लाख ५० हजार किसानका घरमा पुगेर कृषी गणना गरिने जनायएको छ । यसका लागि देशभर ५ हजार २३ जना गणक कृषि गणनाका लागि खटिने छन् । उनीहरुको सहजीकरणका लागि १ हजार २ सय ८० जना सुपरिवेक्षकहरु खटिएका छन् । ।

राष्ट्रिय जनगणना पूरा भएकै वर्ष कृषि गणना गरिन लागेको राष्ट्रिय तथ्यांक विभागले जनाएको छ । नेपालमा पहिलो पटक २०१८ सालमा कृषि गणना गरिएको थियो । त्यसयता हरेक १०÷१० वर्षमा यस्तो गणना हुँदै आएको छ । कृषि गणनाका दौरान दुई दर्जन प्रश्न समेटेर प्रश्नावली बनाइएको छ । कृषि गणनाबाट कृषिसँग सम्बन्धित सम्पूर्ण विवरण प्राप्त हुने छ । खेतीयोग्य जमिन, जमिनमा प्रयोग भइरहेको मलदेखि विषादीसम्मको विवरण समेट्ने गरी प्रश्नावली बनाइएको छ ।

कृषि गणनामा नेपालका प्रत्येक जिल्लाको कृषि संरचना, गतिविधि तथा कृषि उत्पादनसँग सम्बन्धी विवरण संकलन गरिन्छ । कृषकले चलन गरेको जग्गाको आधार, जग्गाको उपभोग र उपयोग, बाली लागेको क्षेत्रफल र बालीको उत्पादन, सिंचाई, पशुपन्छी संख्या, कृषि औजारको उपयोग, कृषि कर्ममा संलग्न जनशक्तिजस्ता विषयमा तथ्यांक संकलन गरिने भएको छ ।

 

Leave a Comment