नेकपा एसलाई समर्थन नगर्ने पोखराका कांग्रेस नेतालाई देउवाले काठमाडौं बोलाए

मुख्य खबर मङ्लबार बैशाख ६, २०७९

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको चुनावी तालमेल पोखरा महानगरमा अड्किएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कास्कीका कांग्रेस नेतालाई काठमाण्डौ बोलाउनुभएको छ ।

कास्कीमा गठबन्धनमा समस्या देखिएपछि कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कास्की जिल्ला सभापति किशोरदत्त बराल र पूर्वमन्त्री यज्ञबहादुर थापासहितका नेता काठमाण्डौ आउँदैहुनुहुन्छ ।

कांग्रेस कास्कीका दुई सचिव देवेन्द्र रानाभाट र भानुभक्त ढकाल तथा नेपाली कांग्रेस पोखरा महानगरका सचिव गणेश थापा र टुकराज बाँस्तोलाले हिजो विज्ञप्ति निकालेर पोखरामा मित्रवत प्रतिस्पर्धा अर्थात एक्ला–एक्लै चुनाव लड्ने बताउनुभएको थियो ।

Leave a Comment