सत्ता साझेदार दलहरुको बैठक पुन: बस्ने गरि स्थगन

मुख्य खबर सोमवार बैशाख ५, २०७९

काठमाडौं । सत्ता साझेदार पाँच दलकाो बैठक निष्कर्षा विहिन भएको छ । सोमबार बिहान बसेको सत्ता साझेदार दलहरुको बैठकले स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल निष्कर्षमा पुर्यााउन नसकेको जनाइएको छ।

बैठक आजै फेरि बस्ने गरी स्थगित भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । मल्लले सामाजिक सञ्जाल फेसबुक मार्फत बालुवाटारमा जारी गठबन्धन बैठक आजै पुनस् बस्ने गरि स्थगन भएको जानकारी दिएका छन ।

बिहान देखि केही मिडियामा महानगर/ उपमहानगरको बिभाजन सम्बन्धि भनेर आएको प्रस्ताव सहि होईन। आज बेलुकीसम्म टुंगो लाउने गरि छलफल चलेको छ भन्दै उनले स्पष्ट पारेका छन् ।

 

Leave a Comment