कांग्रेसका नेता कार्यकर्ताहरु तालमेलको पक्षमा छैनन- महामन्त्री थापा

मुख्य खबर सोमवार बैशाख ५, २०७९

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस नेता कार्यकर्ताहरु तालमेलको पक्षमा नरहेको बताउनु भएको छ । नेता थापाले स्थानीय नेता कार्यकता्ृलाई आफ्नै बुतामा तयारी थाल्न कार्यकर्तालाई महामन्त्री थापाको निर्देशन दिनुभएको छ ।

सोमबार आफ्नो निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नम्बर ४ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका कोही पनि नेता कार्यकर्ताहरु चुनााबी तालमेलको पक्षमा नरहेको स्पष्ट पार्नु भयो ।आफू मात्रै होइन विभिन्न जिल्लाका नेता कार्यकर्तासँग कुरा गर्दा कोही पनि कांग्रेस तालमेलको पक्षमा नरहेको जिकीर उहाँको भनाइ छ ।

 

निर्वाचनमा हारजित स्वाभाविक हो भन्दै उहाँले हारे हारौंला त्यही अनुसार अघि बढ्न समेत कार्यकर्तालाई आग्रह गर्नुभएको छ । ५० भन्दा बढी जिल्लाका साथीहरु तालमेलको पक्षमा छैनन् भन्दै थापाले जबर्जस्ती लाद्ने हो भने मतदाताले फरक व्यवहार गर्ने बताउनुभयो ।

 

Leave a Comment