एमालेको बैठक बस्दै

मुख्य खबर सोमवार बैशाख ५, २०७९

काठमाडौं । स्थानीय तह निर्वाचनको घोषणापत्र लगायतका विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक आज साँझ साढे ६ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने पार्टी कार्यालय सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिनुभयो ।

एमालेले आगामी बैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणापत्र जारी गर्ने जनाएको छ। त्यसकै तयारीका लागि बैठक बोलाइएको अधिकारीको भनाइ छ।

केन्द्रीय सचिवालयको बैठक बस्नुअघि पार्टी केन्द्रीय कार्यालयको बैठक सोमबार बिहान ११ बजे बस्नेछ । बैठकमा महानगर र उपमहानगरको नेतृत्वका विषयमा पनि छलफल हुने जनाइएको छ।

Leave a Comment