गर्भनर निलम्बन गरेपछि राष्ट्र बैंकका कर्मचारीहरु आन्दोलित

आर्थिक आइतवार बैशाख ४, २०७९

काठमाडौं । गर्भनर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गरेपछि राष्ट्र बैंकका कर्मचारीहरु आन्दोलित बनेका छन् । अर्थमन्त्री जर्नादन शर्मा र गभर्नर अधिकारीबीचको आन्तरिक मतभेदका कारण सरकारले गर्भनर अधिकारीलााई निलम्बन गरेको थियो ।

आइतबार राष्ट्र बैंक कर्मचारी संघले बालुवाटारस्थित केन्द्रीय कार्यालयमा कालो ब्यानर झुन्ड्याएर विरोध जनाएका छन । उनीहरूले राष्ट्र बैंकको स्वायत्ततामाथि नांगो हस्तक्षेप बन्द गर्नुपर्ने, गभर्नर अधिकारीमाथि सुरु गरिएको कारबाही प्रक्रिया अविलम्ब फिर्ता गर्नुपर्नेलगायत माग राखेका छन् ।

Leave a Comment