काठमाडौं । इन्जिनमा समस्या आएपछि समिट एयरको विमान १५ मिनेटमै काठमाडौं अवतरण भएको छ । कल साइन ९ एनएएमपी विमान आइतबार ११ बजेर ५ मिनेटमा उडेको र उड्ने बित्तिकै बायाँ इन्जिन समस्या देखिएपछि पाइलटहरुले एउटा मात्रै इन्जिनका भरमा काठमाडौंमा सकुशल अवतरण गराएका हुन ।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार उक्त विमानमा १० विदेशी, ५ नेपाली र ३ चालकदलका सदस्यसहित १८ जना सवार रहेका थिए । विमानमा समस्या देखा परेसँगै चालकदलले सकुसल अवतरण गरेर विमान दुर्घटना हुनबाट जोगिएको हो ।