बुटवल । स्याङ्जाको वालिङ नगरपालिका १२ डाँडाखर्कस्थित आइतबार बिहान साढे १० बजे जीप दुर्घटना हुँदा एक बालकसहित ५ जनाको मृत्यु भएको छ ।आईतबार जिल्लाको वालिङ नगरपालिका १२ डाँडाखर्कस्थित फिरफिरे स्कुल नजिकै भएको जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।
जिप सडकबाट झण्डै १०० मिटर तल खसेको प्रहरीले जनाएको छ । उनका अनुसार दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । जीपमा ११ जना सवार रहेको प्रहरीले जनाएको छ ।