एजेन्सी । युक्रेनको मारियुपोल शहर आफूले कब्जा गरेको रुसले दावी गरेको छ । रुसले युक्रेनको मारियुपोलमा लडिरहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न अल्टिमेटम दिएको छ । आज सम्म हतियार बिसाउने येक्रेनी सेनालाई जीवनदान दिने रुस सकिने भन्दै रुसले भोलि देखि त्यो शहरमा नाकाबन्दी लगाउने जनाएको छ ।
उता युक्रेनी राष्ट्रपति भोलिदिमीर जेलेन्स्कीले मारियुपोलमा लडिरहेका युक्रेनी सेनालाई निर्मूल पारेमा रुससँगको शान्ति वार्ता भंग हुने बताउनुभएको छ । जेलेन्स्कीले मारियुपोलका जनताको अवस्था निकै नाजुक रहेको भन्दै थप हतियार उपलब्ध गराउन सहयोगी राष्ट्रहरुसँग अपील गर्नुभएको छ ।
त्यस्तै, रुसले बेलायती प्रधानमन्त्री बोरिस जोन्सन लगायतका बेलायती मन्त्रीहरुलाई रुस प्रवेशमा रोक लगाएको छ ।प्रधानमन्त्री जोनसोनले युक्रेनको साथ दिएर रुससँग शत्रुता साँधेको भन्दै रुस प्रवेशमा रोक लगाएको रुसले जनाएको छ ।