एजेन्सी । दक्षिण अफ्रिकामा आँधीसँगै आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४ सय पुगेको छ । प्रहरी, सेना तथा स्वयंसेवकले अझै पनि बेपत्ताको खोजी तथा उद्धार कार्य जारी राखेका छन् । ६ दिन पहिले आएको आँधीपछि बाढी आउँदा दक्षिण अफ्रिकाको डर्बन क्षेत्रमा जनजीवन प्रभावित भएको हो ।
बाढीका कारण करिब ४१ हजार मानिस प्रभावित भएका छन् । बाढीमा परेर ३ सयभन्दा बढी मानिस घाइते भएका छन् । क्वाजुलु–नाटल प्रान्तमा आँधी र त्यसपछिको बाढीले ठूलो क्षति गरेको हो । अझै पनि कम्तीमा ५५ जना बेपत्ता रहेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आँधी तथा बाढीका कारण १३ हजार ५ सय ९३ घरमा क्षति पुगेको छ । डबर्न क्षेत्रमा ४८ घण्टाको अवधिमा ४ सय ५० मिलिमिटर वर्षा भएको थियो ।