काठमाडौं । नेपालमा कोरोनाको शून्य संक्रमित भएका जिल्ला १७ पुगेका छन् । ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, पूर्वनवलपरासी, पूर्वरुकुम, कपिलवस्तु, गुल्मी, जाजरकोट, जुम्ला, डोल्पा, मुगु, हुम्ला र बाजुरामा कोरोनाका संक्रमित नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोभिड नियन्त्रण र रोकथामका लागि सरकारले अहिले खोप अभियानलाई तिब्र बनाएको छ । हालसम्म ८३.१ प्रतिशत वयस्क र ७५ प्रतिशत बालबालिकाले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन्