हेलिकोप्टर चार्टर गर्दै चुनावी सम्बोधनका लागि देश दौडाहामा सक्रिय बन्दै ओली

मुख्य खबर आइतवार बैशाख ४, २०७९

काठमाडौं । स्थानीय तह निर्वाचनमा पार्टीको पक्षमा माहोल सिर्जना गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले देश दौडाहालाई तिब्रता दिनुभएको छ । सत्तागठबन्धनको सामना गरेर पार्टीलाई जिताउन आफैँ सातै प्रदेशको चुनावी अभियानमा खटिनुभएको छ ।

चैतभरि ओलीले १५ दिन काठमाडौंबाहिर पुगेर चुनावी सभा सम्बोधन गरे, विभिन्न पार्टीका नेता–कार्यकर्ता र जनप्रतिनिधिलाई पार्टी प्रवेश गराउनुभएको छ यस्तै ११ वैशाखसम्म ओलीको कार्यक्रम काठमाडौंबाहिर रहेको उहाँको सचिवालयले जनाएको छ । तल्ला कमिटीहरूले सबैतिर ओलीलाई नै प्रमुख अतिथि बनाएर कार्यक्रम आयोजना गर्न खोजे पनि ओली ठूलो स्तरको पार्टी प्रवेश कार्यक्रममा मात्र सहभागी हुनुभएको छ । चुनावी अभियान अन्तर्गत ओलीले आज हुम्लाको दुई स्थानमा हुने आमसभालाई सम्बोधन गर्न कार्यक्रमरहेको छ । जिल्लाको तीन ठाउँमा अध्यक्ष ओलीले भ्रमण गर्ने भएपनि निर्वाचन केन्द्रीत दुई वटा वृहत आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

बिहान ११ वजे हेलिकोप्टरबाट हुम्ला पुगे लगत्तै एमाले अध्यक्ष ओली पहिले उत्तरी नाम्खा गाउँपालिकाको लिमि भ्यालीमा प्रस्थान हुन र लिमि क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको स्थाई कमिटि सदस्य गोरख बहादुर बोगटीले बताए ।

लिमीका बासिन्दासँग भेटेपछि नेपाल र चीनको सीमाना नाम्खा गाउँपालिकाको लिमीमा रहेको लोलुङजोङको हवाई अवलोकन गरेपछि अध्यक्ष ओलीले हुम्ला सदरमुकाम सिमकोटमा आयोजना हुने आमसभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ । ओलीले जिल्ला दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको श्रीनगरमा हुने सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

Leave a Comment