सत्ता गठबन्धन दलहरुको बैठक बस्दै, बैठकबाट भागबन्डा टुंग्याईने

मुख्य खबर आइतवार बैशाख ४, २०७९

काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । स्थानीय तहको निर्वाचनमा गर्ने तालमेलबारे छलफल गर्न गठबन्धनको बैठक बोलाइएको बताइएको छ । सत्ता गटबन्धनले आजको बैठकमा भागबन्डा टुङ्याउने जनाइएको छ ।

गठबन्धनमा भएको सहमतिबाट तल्लो तहका कार्यकर्ता भने असन्तृष्ट छन् । कतिपय ठाउमा गठबन्धन नै तोडेर अरु शक्तिसंग सहकार्य गरेका छन् । नेपाली कांग्रेसको नेतृत्वको सत्तारुढ पाँच दलीय गठबन्धन गर्ने बारेमा केन्द्रमा सहमति भए पनि जिल्लाहरूमा तोडिने क्रम सुरु भएको छ ।

विगतमा निर्वाचन जितेका स्थानमा सोही पार्टीले उम्मेदवारी दिने तर एमालेसहित अन्य दलले जितेका स्थानमा भने भागबन्डा गर्ने मोटामोटी सहमति बाहिरिएलगत्तै गठबन्धनमा समस्या देखा पर्ने क्रम सुरु हुन थालेको हो । तत्तो तहको समस्या समाधान गर्ने गरी बैठक बोलाइएको बताइएको छ ।

 

Leave a Comment