काठमाडौं । गएको पुस ४ गते कैलालीको जानकी गाउँपालिका-९अमरावती सामुदायिक वनमा घाँटी रेटेर टाउको छिनाएको अवस्थामा २५ वर्षीय अर्जुन दासको हत्या गरेको थियो ।
दासको हत्या गरि फरार रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दिलिप दास, मनोज भण्डारी, वमबहादुर बोहरा, सुमित साउद रहेका छन्। उनीहरू सबै १९ वर्षका हुन्।
प्रहरीका अनुसार हत्या गरी उनीहरू भारत गएर लुकेर बसेका थिए। काम खोज्न भैरहवा आएका उनीहरूलाई प्रहरीले बोर्डरबाट बिहीबार९हिजो० पक्राउ गरेको हो।
हत्यामा १० जना संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।