काठमाडौं । नेपालका विभिन्न हिमाल आरोहणका लागि विभिन्न मुलुलका ८४ समूहका ६८९ जनाले अनुमति लिएका छन्। आरहेण अनुमति लिनेमध्ये सबैभन्दा धेरै सगरमाथाका चढ्ने रहेका छन् । सगरमाथा आरोहणका लागि ३१ समूहका २५० जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।
८४ आरोहण दलका ६८९ आरोहीबाट रु ३७ करोड ३८ लाख ५१ हजार ४२१ रोयल्टी उठेको छ । सगरमाथासहितका विभिन्न १९ हिमाल तथा चुली आरोहणका लागि नेपालसहित ६५ देशका आरोहीले अनुमति लिएको विभागको भनाइ छ । यस यामको सगरमाथा आरोहणका लागि स्वदेशी तथा विदेशी आरोही धमाधम आरोहण अनुमति लिएर गन्तव्यतिर निस्किरहेका छन्।