काठमाडौं । वैदेशिक रोजगार कार्यालय काठमाडौंले संस्थागत श्रम स्वीकृतिको काम आजदेखि अनलाइन प्रणालीबाट मात्र गर्ने भएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सहज र सरल तरिकाबाट सेवा प्रदान गर्ने नीति अनुसार अनलाइन प्रणालीको व्यवस्था गरिएको कार्यालयका प्रमुख रमेश अर्यालले बताउनुभयो ।
गत माघ देखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति दिदैं आएको कार्यालयले संस्थागत श्रम स्वीकृति पनि आजदेखि अनलाईनबाटै दिने कार्यालय प्रमुख अर्यालले बताउनु भयो । कागजातहरु जाँच गर्न समय लाग्ने तथा कहिलेकाही सर्भरको समस्या हुन सक्ने भएकोले ३ दिन अघि नै संस्थागत श्रम स्वीकृतिका लागि अनलाइनमा आवेदन दिन म्यानपावर व्यवसायी र सरोकारवालालाई कार्यालयले अनुरोध गरेको छ ।