पार्टीको घोषणापत्रलाई अन्तिम रुप दिन दलहरु आन्तरिक छलफलमा

मुख्य खबर शुक्रबार बैशाख २, २०७९

काठमाडौं । स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै प्रमुख राजनीतिक दलहरू पार्टीको घोषणापत्रलाई अन्तिम रुप दिन औपारिक तथा अनौपचारिक छलफलमा जुटेका छन् । पार्टीका विभिन्न इ्काइ, नेता तथा सरोकारवाला सङ्गठनबाट आएका सुझाव समेटेर सार्वजनिक गर्ने तयारी दलहरूको छ ।

घोषणापत्रको मस्यौदालाई पारित गर्न नेपाली काँग्रेस नेकपा माओवादी केन्द्र, नेकपा एमाले लगायतका दलहरु पनि घोषणापत्र निर्माण तथा मातहतका निकायमा निर्देशनका लागि जुुटेका छन् ।

यसैबीच निर्वाचनमा सकभर तालमेल गरेर जाने बारेमा पनि दलहरूले छलफललाई अगाडि बढाएका छन् । सरकारमा रहेका ५ दलले तालमेल गरेर चुुनावमा जाने यसअघि नै निर्णय गरिसकेका छन् । नेपाली काँग्रेसको नेतृत्व चुनावी तालमेल गरेर जान एक मत भए पनि जिल्लास्तरमा भने आफूले भनेजस्तो नभए एक्लै लड्नुपर्नेमा जोडबल हुँदै आएको छ ।

Leave a Comment