भक्तपुरमा बिस्का जात्रा मनाईदै

बागमती बिहिबार बैशाख १, २०७९

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि क्षेत्रमा आज विभिन्न देवी देवताका खट्सहित बिस्का जात्रा अन्तर्गत बाँय्लिसिया अर्थात् बेलुकीको जात्रा मनाईदैछ ।

मध्यपुर थिमिको सिद्धिकाली परिसर, विष्णुविर, नगदेश, लोकन्थली लगायतका क्षेत्रमा सिद्धिकाली, विष्णुविर, सिद्धिगणेश लगायतका देवी देवताका खटसहित एक आपसमा सिन्दुर छ्याप्दै, धिमे, भुस्या, छुस्या, ताँ बाजाको तालमा नाच्दै झुम्दै, खट्लाई नगरपरिक्रमा गर्दै बिस्का जात्रा मनाउन लागिएको हो ।

बेलुकीको जात्राको मूख्य आकर्षण सिद्धिकाली गणको जात्रा हो। स्थानीय सुँगाटोलमा विष्णुविर जात्रा शुरु भएपछि राज गणेशको खट सिद्धिकाली परिसर ल्याइन्छ, त्यसपछि सिद्धिकाली गणजात्रा शुरु हुन्छ। साँझ शुरु हुने भएकाले यो जात्रालाई बाँय्लिसिया जात्रा भन्ने गरिएको हो।

Leave a Comment