कुहिने र नकुहिने फोहर छुट्याउन नगरवासीलाई आग्रह

मुख्य खबर बिहिबार बैशाख १, २०७९

काठमाडौं । काठमाण्डौ महानगरपालिकाले आजदेखि कुहिने र नकुहिने फोहर छुट्याउन नगरवासीलाई आग्रह गरेको छ । फोहर पृथकीकरणबारे सूचना निकालेर महानगरले जैविक र अजैविक फोहर छुट्याउन नगरवासीलाई अनुरोध गरेको हो । महानगरको वातावरण तथा कृषि विभागका अनुसार कुहिने फोहर र नकुहिने फोहर छुट्टाछुट्टै सङ्कलन हुनेछ ।

फोहरमैला व्यवस्थापन ऐन–२०६८ अनुसार स्रोतमा नै फोहरको पृथकीकरण गर्न लागिएको हो । कुहिने फोहर सङ्कलन गर्न आउने दिन कुहिने र नकुहिने फोहर सङ्कलन गर्न आउने दिन नकुहिने फोहर उठाउने पनि महानगरले जनाएको छ ।

स्रोतमा नै फोहरको पृथकीकरण नगरे फोहोर सङ्कलन नगर्ने र फोहर मैला व्यवस्थापन ऐनअनुसार हरेक पटक पाँच सय रुपैयाँ जरिबाना हुने सूचनामा उल्लेख छ ।

Leave a Comment