सशस्त्रको आईजीपीमा केसी नियुक्त

राजनीति बुधबार चैत्र ३०, २०७८

काठमाडौं । सरकारले सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी)मा पुष्पराम केसीलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शसस्त्रको आईजीपीमा केसीलाई निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल चार वर्षे कार्यकाल सकेर सोमबार बिदा भएका थिए । नयाँ आईजीपीको प्रतिस्पर्धामा एआईजी केसी र रामशरण पौडेल थिए । सरकारले वरियताका आधारमा केसीलाई महानिरीक्षक नियुक्त गरेको हो ।

केसीको कार्यकाल भने २१ दिन मात्र हुनेछ । उमेर हदका कारण केसी र एआईजी पौडेल दुबैले १९ वैशाखमा अवकास पाउनेछन् ।

Leave a Comment