ओखलढुंगामा जिप दुर्घटना दुईको मृत्यु,सात जना घाइते

मुख्य खबर बुधबार चैत्र ३०, २०७८

काठमाडौं । ओखलढुंगाको हर्कपुरमा जिप दुर्घटना हुँदा हुँदा २ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

बुधबार मानेभन्ज्याङ गाउँपालिका ६ र ७ को सीमानामा पर्ने हिलेपानी नजिकै बान्द्रेभीरमा जिप दुर्घटना दुर्घटनामा ७ जना घाइते भएका छन्। घाइते ७ मध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा पर्ने सबै सोलुखुम्बुबाट प्रदेश १ स्थित विराटनगर हिँडेको प्रहरीहरु रहेको जनाइएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको छ।

Leave a Comment