काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सर्कुलर जारी गर्दै आगामी निर्वाचनका लागि ५ वैशाखसम्म उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएका छन् । अध्यक्ष दाहालले जारी गरेको सर्कुलरमा स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगर क्षेत्रबाट बढीमा तीन जना उम्मेदवारको नाम सिफारिस गर्न भनिएको छ ।
प्रदेश समितिहरूले सर्वसम्मत भए एक–एक जना र नभए प्राथमिकताका क्रममा तीन जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेस गर्नुपर्ने सर्कुलरमा उल्लेख छ । सर्कुलरमा पार्टीको तर्फबाट स्थानीय तहमा उम्मेदवार हुनेहरूको नाम ५ वैशाखभित्रमा सिफारिस गरिसक्नु भनिएको छ ।
प्रत्येक जिल्लाबाट एक पालिका प्रमुख र प्रत्येक पालिकाबाट कम्तीमा एक वडाध्यक्षको उम्मेदवार महिलालाई नै अनिवार्य बनाउन माओवादी केन्द्रको निर्देशन नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षहरूको सिफारिस सम्बन्धित पालिका समितिले गर्नुपर्नेछ भने त्यस्तो सिफारिस सम्बन्धित जिल्ला समन्वय समितिहरूको सुझावसहित प्रदेश समितिले उम्मेदवारको अन्तिम टुंगो लगाउनेछ ।