गठबन्धनका शीर्ष नेताको बैठक आज पनि बस्दै

मुख्य खबर सोमवार चैत्र २८, २०७८

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक आज (सोमबार) पनि बस्दैछ । सोमबार बिहान बस्ने बैठकले चुनावी तालमेलको मापदण्ड तय गर्ने अपेक्षा गरिएको छ ।

यसअघि आइतबार बसेको बैठकमा भागवण्डाबारे छलफल भएपनि सहमति जुटुन सकेको थिएन । गठबन्धनमा आवद्ध दलहरुले देशका ६ मध्ये ३ वटा महानगरपालिकाको नेतृत्व लिन कांग्रेसलाई प्रस्ताव गरेका छन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा रहेको संयन्त्रको आइतबारको बैठकमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरुले कांग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको मेयर लिन तथा भरतपुर, पोखरा र वीरगञ्ज महानगर छाड्न प्रस्ताव गरेका हुन् ।

आइतबारको बैठकपछि अनुगमन संयन्त्रको तर्फबाट जारी वक्तव्यमा तालमेल गरेर अघि बढ्न प्रदेश र जिल्लामा सहमति कायम गरेर केन्द्रमा पठाउने म्याद ३० गतेसम्म थप गरिएको छ ।

Leave a Comment