काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्ताव संसद भएर खान पदबाट हटेपछि अब नयाँ प्रधानमन्त्रीबारे चासो सुरु भएको छ । अब पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का नेता शहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्री बन्ने सम्भावना रहेको पाकिस्तानका स्थानीय मिडियाहरुले जनाएका छन् ।
सम्भवत आउँदो सोमबार शहबाजलाई सदनले नयाँ प्रधानमन्त्री चुन्ने बताइएको छ । शहबाज शरीफ पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफका भाइ हुन् । पनामा पेपर्सले नवाज शरीफ र उनका परिवारका सदस्यहरुले कालो धन राखेको तर सम्पत्ति विवरणमा नदेखाएको खुलासा गरेपछि त्यसैलाई टेकेर तत्कालीन विपक्षी दलका नेता इमरान खान लगायतले अदालतमा मुद्दा हालेका थिए ।
सोही मुद्दामा पाँच सदस्यीय पूर्ण इजलासले सर्वसम्मत रुपमा नवाज शरीफलाई दोषि ठहर गरेपछि नवाज शरीफको प्रधानमन्त्री पद गुमेको थियो । सन् २०१८ मा पाकिस्तानमो आम निर्वाचन भएको थियो ।