नेपाल क्रिकेट संघ क्यानको महाप्रबन्धकमा खनाल नियुक्त

मुख्य खबर आइतवार चैत्र २७, २०७८

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को महाप्रबन्धकमा वृतान्त खनाल नियुक्त भएका छन् । क्यानले तत्कालिन महाप्रबन्धक रौनक मल्ललाई हटाएपछि नयाँ नियुक्तिको प्रक्रिया थालेको थियो।

महाप्रबन्धकका लागि ३४ जनाले आवेदन दिएकोमा ९ जना सर्टलिस्ट परेका थिए । सर्टलिष्टमा परेका ९ जना मध्येबाट खनाललाई छानिएको क्यानले जनाएको छ। उनको कार्यकाल आगामी वैशाख २ गतेबाट लागू हुने क्यानले जनाएको छ।

खनालले यसअघि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शिक्षण संस्था र इनस्टीच्यूटहरुमा काम गरेका थिए।

Leave a Comment