खोलो तरेपछि लौरो नबिर्सन हुँदैन- गृहमन्त्री खाँण

मुख्य खबर शुक्रबार चैत्र २५, २०७८

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तह र प्रदेश सभाको निर्वााचनसम्म गठबन्धन रहिरहने बताउनु भएको छ । गृहमन्त्री खाँणले नेता तथा कार्यकर्ताहरूलाई खोलो तरेपछि लौरो नबिर्सन आग्रह गर्दै गठबन्धन तोड्न नहुने बताउनु भएको हो ।

कांग्रेस पार्टी भित्रै गठबन्धन गर्नु हुँदैन भन्ने आवाज उठिरहेका बेलाा गृहमन्त्री खाँणले स्थानीय तह निर्वाचनमा गठबन्धन बनाएर जानु पर्ने बताउनु भएको हो । यस्तै संसद्‍को अंकगणित फेरबदल नहुँदासम्म प्रदेश र संघको चुनावमा पनि गठबन्धनलाई कायम राखिने उनले बताए ।

‘जसको सहयोग र सहकार्यको जगमा सरकारमा छौं । खोलो तरेपछि लौरो बिर्सनु हुँदैन । स्थानीय तहमा पाँच दलीय गठबन्धन कायम रहन्छ । गठबन्धन नतोड्नू’ उहाँले भन्नुभयो ।

Leave a Comment