बारको निर्वाचनमा गठबन्धन दलको प्यानल विजयी, एमाले निकट प्रगतिशील पत्तासाप

मुख्य खबर शुक्रबार चैत्र २५, २०७८

काठमाडौं । नेपाल बार एसोसिएसनमा सत्ता साझेदार गठबन्धननिकट कानून व्यवसायीहरूको संयुक्त प्यानल विजयी भएको छ । अध्यक्षमा गोपालकृष्ण घिमिरेसहित सबै पदमा सत्तारुढ गठबन्धननिकट उम्मेदवारहरू विजयी भएका हुन् ।

कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्षसमेत रहेका घिमिरेले नेकपा एमालेनिकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका उम्मेदवार विष्णुमणि अधिकारीलाई बार अध्यक्षमा पराजित गरेका हुन् ।

 

त्यस्तै महासचिवमा गठबन्धन उम्मेदवार अञ्जिता खनाल र कोषाध्यक्षमा भरतबहादुर राउत विजयी भएका छन् । अन्य पदाधिकारी र सदस्यहरूमा पनि घिमिरे प्यानलकै उम्मेदवारहरूले जित हासिल गरेका छन् । २५ सदस्यीय कार्यसमितिका लागि गत चैत १९ मा भएको निर्वाचनमा ७४२९ मत खसेको थियो ।

Leave a Comment