नेपाललाई श्रीलंका बनाउने कतिपयको सपना साकार हुँदैन- अर्थमन्त्री शर्मा

आर्थिक शुक्रबार चैत्र २५, २०७८

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाललाई श्रीलंका बनाउने कतिपयको सपना साकार नहुने बताउनु भएको छ । नेपाल र श्रीलंकाको आर्थिक अवस्था तुलना हुन नसक्ने बताउँै अर्थमन्त्री शर्माले कतिपयलाई नेपाललाई श्रीलंका बनाउन खोजेको आरोप लगाए ।

नेपाल राष्ट्र बैंकले आयोजित एक कार्यक्रममा बोल्दै उउहाँले विलासिताका सामानमा सरकारले धेरै छुट दिएकाले आयात बढ्दा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको बताउनु भयो । मुलुकमा नै उत्पादनका अथाह सम्भावना भए पनि उत्पादन बढाउने नीति बन्न नसकेको उनको भनाइ छ । उहाँले भन्नुभयो, ‘अर्थतन्त्रमा समस्या छन्, हामीले पनि भनिरहेका छौं । श्रीलंकासँग तुलना गर्दै जनतालाई आतंकित गर्नेहरुलाई म अपिल गर्न चाहन्छु कि यस्तो प्रचारको अन्त्य गरौं, हाम्रो अर्थतन्त्रलाई सुधार गर्ने कुराहरु केके हुन् त्यसमा बहस गरौं ।’

 

शर्माले मुलुकको अर्थतन्त्रमा रुस र युक्रेन बीचको युद्धका कारण थप समस्या आएको स्पष्ट पार्नुभयो । उहाँले दुई देशबीचको युद्ध स्रोत केन्द्रित भएकाले पनि विश्व अर्थतन्त्रमा प्रभाव परेको उल्लेख गरे ।

अत्याधिक पेट्रोलियम पदार्थको आयात, अनाश्यक विलासिताका वस्तु आयात, चाहिने भन्दा बढी गाडी आयात भएकाले अर्थतन्त्रमा समस्या आएको उनको भनाइ छ । अहिलेको डलर सञ्चिति साढे ६ महिनालाई पुग्ने रहेकाले यो भन्दा तल नझरोस् भनेर सतर्क हुनुपर्ने अवस्था रहेको उनले दाबी गर्नुभयो ।

Leave a Comment