रूसलाई संयुक्त राष्ट्र मानवअधिकार परिषदबाट निलम्बित

अन्तर्राष्ट्रिय शुक्रबार चैत्र २५, २०७८

एजेन्सी । संयुक्त राष्ट्र आम सभाले रूसलाई संयुक्त राष्ट्र मानवअधिकार परिषदबाट निलम्बित गरेको छ । संयुक्त राष्ट्रको सभाले यूक्रेनको बूचा सहरमा भएको मानवाधिकार उल्लङ्घनको घटनालाई लिएर रुसलाई मानवअधिकार परिषदबाट निलम्बन गर्ने निर्णय गरेको हो ।

संयुक्त राष्ट्रमा रूसलाई यूएनएचसीआरबाट निलम्बर गर्ने प्रस्तावमाथि भएको मतदानमा ९३ मुलुकले पक्षमा र २४ मुलुकले विपक्षमा भोट हालेका थिए । जबकी ५८ मुलुक अनुपस्थित रह्यो ।

Leave a Comment