भन्सार छलि ल्याएका सातवटा बुलेट मोटरसाइकल प्रहरीको नियन्त्रणमा

मुख्य खबर शुक्रबार चैत्र २५, २०७८

काठमाडौं। महानगरीय प्रहरी अपराध महाशाखाले भारतबाट भन्सार छली नेपाल भित्र्याइएका सातवटा बुलेट बाइक (मोटरसाइकल) नियन्त्रणमा लिएको छ ।

महाशाखाका प्रवक्ता कृष्णप्रसाद कोइरालाले भारतबाट चोरी गरी भन्सार छलेर ल्याइएका बुलेट बाइक नक्कली नम्बर प्लेट राखेर सञ्चालन भइरहेको सूचनाका आधारमा ती मोटरसाइकल नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

ती मोटरसाइकलको अनुमानित बजार मूल्य २१ लाख रहेको उनको भनाइ छ । सुदूरपश्चिम नाकाबाट भित्रिएका ती मोटरसाइकल काठमाडौँ उपत्यकामा सञ्चालन हुँदै आएका थिए तर मोटरसाइकल चोरी कार्यमा संलग्न गिरोह, खरिदकर्ता र चालकलाई भने पक्राउ गरिएको छैन ।

Leave a Comment