सरकारले चिनियाँ कम्पनी गेजुवाको लाइसेन्स खोस्यो

मुख्य खबर शुक्रबार चैत्र २५, २०७८

काठमाडौं । सरकारले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीबाट खोसेको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले स्वदेशी लगानीमै जलाशययुक्त उक्त आयोजना बनाउने निर्णय गर्दै चिनियाँ कम्पनी चाइना गेजुवा कम्पनीबाट लाइसेन्स खोस्ने निर्णय गरेको हो ।

केपी ओली सरकारले उक्त आयोजना बनाउने जिम्मा चाइना गेजुवालाई दिएको थियो । धादिङ र गोर्खा जिल्लाको सिमा नदीको रुपमा रहेको बूढी गण्डकी आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा सरकारले राखेको छ भने वर्षाैंदेखि पेट्रोलियम पदार्थका उपभोक्ताबाट प्रति लिटर पाँच रुपैयाँ उठाईदै आएको छ ।

सोही पैसा पनि झण्डै एक खर्ब पुग्न लागिसकेको छ । आयोजना अन्तर्गत अहिलेसम्म ४८ हजार ९४८ रोपनी जग्गा अधिग्रहण भइसकेको छ भने ६४ अर्ब ८ करोड रुपैयाँ खर्च भइसकेको तथ्यांक ऊर्जा मन्त्रालयको छ ।

Leave a Comment