साहित्य बजारले आजको दिनमा आफ्नै रुप बनाएको छ । साहित्यको आफ्नै संसार छ । नेपाली कथा जगतमा आजसम्म विभिन्न धारहरूमा कथा लेखिएका छन् । गीतुका कथाहरू अझ मौलिक रहेका छन् । पूर्ण रूपमा मौलिक प्रकृति र सामाजिक प्रवृत्तिका कथा हुन गीतुका कथा । कथाभित्र पनि कविता लेख्न सक्ने बिरलै भेटिन्छन् ती मध्येकी लेखिका हुन गीतु ।
बाबा छेउमा निदाइरहनु भएको छ
म उहाँलाई निहाल्दै शब्द कोर्दै छु
आँखा चिम्लिँदा पनि देखिने त्यो गहिराई
मेरो कलमले किन लेख्न सक्दैन होला१
कम सुकिला लुगा, चाउरिएका गाला
कुटो, कोदालो परिचय बोकेर
मलाई जीवन अर्थाउनु हुन्छ ।
कमै बोल्ने बाबा र खुवै डराउने ममा
बदलाव ठ्याक्कै विपरीत छ ।
बाबा शब्दमा गहिराई त छदैछ तर बाबा शब्द भित्रको भूमिका र सङघर्षमा पनि त्यो भन्दा गहिराई छ । बाबा शीर्षकमा लेखिएका थुप्रै कृतिहरू मैले पढेको छु तर ती कृतिहरूमा बाबा शब्द भित्रको गहिराईलाई देखाईएको कम मात्रामा भेटिन्छ । माथि उल्लेखित कविताका हरफहरूमा बाबा शब्दको गहिराईलाई आकलन गरिएको छ । त्यस्तै कविताको हरफमा लुगा र गालालाई बिम्बित गरी कुटो कोदालोको परिचयले जीवनलाई धानेको देखाइएको छ । धेरै हदसम्म यो कुरा ठिक भएता पनि गहिराईमा जादा बाका लुगा र चाउरिएका गालाको मेहनतलाई सम्बोधन गरिएको छैन ।
यस्तै सरल भाषामा र मौलिकतालाई अंगालेर लेखीएका गीतुका कथाहरूले समाजलाई टपक्क टिपेको छ । पूर्णतस् मौलिक प्रकृति र प्रवृत्तिका यी कथाहरूले समाज र इतिहासलाई बढी सम्बोधन गरेको भेटिन्छ । गीतुले राम्रो खानदानका खराब शीर्षक नामक कथामा लेखेकी छिन् । ूजीवनको दौडमा हामी सबैको गति र पुग्ने बिन्दु र गन्तव्य फरक हुने रहेछ । जीवनमा मैले पढेरभन्दा परेरै धेरै कुरा सिकेँ, बुझेँ । जति(जति अस्वभाविक परिस्थिति थपिन्छ जीवनमा, उति- उति बलियो बनिने रैछ । पढेलेखेको, सुविधा सम्पन्न परिवारमा जन्मे हुर्के पनि म जसोतसो पास हुन्थेँ । बच्चैदेखि नै पढ्न भनेपछि फिटिक्कै मन लाग्दैन थियो । पढ्नेबाहेक अरु सबैजसो काम गर्न जाँगर चल्यो । तर पढाइमा जति कोसिस गरे पनि रमाउन सकिनँ । समाजले सिर्जना गरिदिएको पढ्नै पर्ने दबाब मलाई कुनै पनि हालतमा स्वीकार्य थिएन । सानैदेखि आमाले के गरेर खान्छेस्, यत्ति सुविधामा रहेर पनि पढ्न सकिनस्, दुःख पाउछेस् भन्दै कहिले आफै रोइदिएर, कहिले गाली गरेर मलाई पढ्नै पर्ने दबाब दिइरहनु हुन्थ्यो। म पनि भनिदिन्थेँ ुएक्लो ज्यान घाँसै काटेर पनि पालिन्छ ।ु तर अफसोस ! केही जग्गाजमिन थियो, खेती पनि लगाउथ्यौँ, एउटा माली गाई पनि थियो घरमा । तर मलाई पढ्ने बाहेक अन्य कामको अनुमति थिएन ।
यो अवस्था आज हाम्रो समाजमा छ । चारैतिर हेर्यौ भने आर्थिक रूपमा सम्पन्न परिवारले आफ्ना छोराछोरीलाई पढ्ने बाहेकका कुनै पनि काममा लगाएका छैनन् जसको फलस्वरूप हाम्रा सन्ततिलाई पढ्ने बाहेकका कुनै पनि काम आउदैँन । मान्छे पढाईले भन्दा कर्म र व्यवहारले महान बन्छ भन्ने कुरा आज कमै मात्रामा सुनिन्छ र भोगिन्छ । पढाईका साथसाथै छोराछोरीलाई पारिश्रमिक काममा पनि लगाईनु पर्छ र जसबाट उनीहरूले सजिलै आफ्नो भविष्य निर्माण गर्न सक्छन् । यस्तो आशय कथाको यो हरफले दिन्छ । हामीले आज मात्र पढाईलाई प्राथमिकता दिएका छौं । पढाईलाई भन्दा महत्व कर्म र व्यवहारलाई दिइनु पर्छ । समाज निर्माणका लागि पढाई भन्दा कर्म र कर्म भन्दा व्यवहार बढी चाहिन्छ । हामीले आज महत्व दिईरहेको पढाई । यदि यसरी पढाईलाई मात्र महत्व दिने हो भने कर्मलाई महत्व दिईने छैन् । कर्मलाई महत्व नदिदा परिवार र समाज निर्माण गर्न अर्थात सङ्वाकिर्ण विकास गर्न असम्भव छ । जहाँ कर्मलाई महत्व दिईन्छ । जहाँ कर्मको सम्मान गरिन्छ । त्यो घर सम्पन्न हुन्छ । त्यो समाज सम्पन्न हुन्छ । जुन देशमा कामलाई सम्मान गरिन्छ त्यो देश समृद्ध हुन्छ ।
यस्तै नबोलेरै सबै बुझ्ने त बाबा(आमा मात्रै होला कथामा लेखिकाले लेखेकी छिन् । ूमलाई तिनै चाउरिएका गाला, मुजा परेका निधार अनि आँखाका भावहरुले बुझाएका छन् जीवनका अनेकौ आयामहरू । लाग्छ, यतिका जिम्मेवारीबाट थिचिएर पनि बाबाले कहिल्यै हार खानुभएन, छल(कपट जान्नुभएन । कोही यति इमान्दार भएर पनि जीवन बाँच्न सक्छ है ।
निकै सरल भाषामा लेखिएको यो हरफले प्रायस् सबै पाठकको मन छुनेछ । सरल भाषामा मीठो उपमा भर्न सक्ने क्षमता यहाँ लेखकमा देखिन्छ । हामीले हाम्रो जीवनमा बेकारमा तडक(भडक मच्चाईरहेका छौ । जीवन र जिन्दगी शान्त भएर पनि बाच्न सकिन्छ । जहाँ शान्ति छ त्यहाँ जीवनको अद्भुत आनन्दी पनि छ । आनन्द भेट्नका लागि हामीले केही गर्नुपर्दैन मात्र शान्त भएर बस्न सक्नु पर्दछ । जो मान्छे जीवनमा शान्त भएर बस्न सक्छ । त्यही मान्छे जीवनमा सबैभन्दा सुखी बन्छ र शान्तिप्रेमी मानिसहरू प्रायस् इमानदार हुने गर्दछन् । जिम्मेवारीको पहाडले थिचिएका थुप्रै बा हरूको हालत यस कथामा प्रस्तुत गरिएको छ । सरल भाषामा अद्भुत रस भर्न सक्ने क्षमता कथाकारमा देखिन्छ ।
जीवनमा सबैभन्दा उत्तम पुरुष त्यही हो । जो जिम्मेवारीबाट नपन्छिएर इमानदार भएर बाच्ने गर्दछ । हर मनुष्यको जीवन बा को सङ्घर्षबाट प्रभावित भएको हुन्छ । किनकी जीवनमा पहिलो मेहनत बाले सिकाउने गर्छन् सन्तानलाई । जिम्मेवारीसङ्ग कसरी जुध्ने यो सिक्नका लागि हामीले आफ्ना बाको मुजा परेको निधार र चाउरिएका गाला हेरे पनि पुग्छ । जीवनमा आफैँमा अद्भुत र बहुरङ्गको छ । जीवनमा विविध आयामहरूले मानिसलाई ठुलो सन्तुष्टी उपलब्ध हुन्छ । यो कथामा कथाकारले पूर्ण मौलिक रस प्रयोग गरेर कथालाई निकै सरल र मिठो बनाउनु भएको छ । यस्तै कथाको अर्को हरफमा कथाकारले लेखेकीछिन् । हाम्रो परम्परा अनुसार छोराले बाबाआमाको खुट्टा ढोग्ने तर छोरीको उल्टै ढोगिदिने चलन छ । छोरी देवीको प्रतिक हो भनेर ढोग्ने नियम बसाइएको हो रे । मलाई पनि बाबाको चरणमा स्पर्श गर्न खुब मन लाग्ने १ घरि नङ काटिदिने, घरी खुट्टा मिचिदिने बहानामा खुबैपटक पाउ स्पर्श गर्छु । त्यो पलको भित्री आनन्द म शब्दमार्फत कसरी लेख्न सक्छु र १ मैले लेखेको बाबाको कथा कसैले पढेर नसुनाउनु, बाबाको आँखा रसाउनेछन् जुन म चाहन्नँ । हजुरले यसो गर, उसो गर नभनेरै सिकाएका बाटो पछ्याइरहन सकूँ ।
हाम्रो सामाजिक व्यवस्था र परम्पराप्रति कथाकारले व्यक्त गरेको शब्द र आपत्ति बडो गम्भीर छ तर कथाकारले आफ्नो अभिव्यक्ति डराई-डराई लेखेकीछिन् । लेखकले लेख्नमा डराउनु हुन्न । सायद यो कथाकारको बा प्रतिको संवेद्यता पनि हुन सक्छ । जे भएपनि लेखकले लेख्ने शब्दसङ्ग डराउनु हुन्न । यस हरफमा कथाकारले आफ्नो सामाजिक व्यवस्थाप्रति आपत्ति जनाएकीछिन् भने अर्कातिर त्यही सामाजिक व्यवस्तालाई श्रृङ्गार समेत गरेको देखिन्छ ।
यस्तै झुटको नकाबमा कथाकारले लेखेकीछिन् । हाम्रो चेतनाको स्तर यस्तो छ कि कागले कान लग्यो भनिदिए मात्रै पनि, कान छामछुम नगरी कागको पछि लाग्छौ । कसलाई फुर्सद सोधखोज, अध्ययन सत्यताको लागि रुू यहाँ वर्तमान समाज र हामी सबैको मानसिक छापको बारेमा कुरा उठाईएको छ । चिन्ता व्यक्त गरिएको छ । अर्कातिर गम्भीर कुरा के उठाईएको छ भने आज हामी प्रविधिलाई धेरै विश्वास गर्दछौ । कुनै पनि चीज वस्तु तथा सेवालाई हद भन्दा बढी विश्वास गरिनु हानिकारन हुन्छ । हामी अनलाईन र मिडिया जे भेट्टाउछौ त्यसैलाई सत्य तथ्य मानिदिन्छौ । ताकि त्यसको सत्यतथ्यको खोजका लागि हामी जरासम्म पुग्ने गरेका छैनौ । आज मान्छेहरू जहाँ पनि तडक(भडकमा देखिन्छन् । अझै भनौ भने मानिसलाई राम्रो सङ्ग लामो श्वास फेर्ने समय समेत छैन् आजका दिनमा । यी सबै कुराहरूमा सामाजिक सञ्जालको प्रभुत्व छ । हामी जे देख्छौ त्यसलाई नै सत्यतथ्य मान्ने गर्छौ अध्ययन नगरीकन कुनै पनि विषयवस्तुलाई सत्यतथ्य मान्दा त्यसको असर हामी स्वयम्मा पर्ने गर्दछ । वास्तवमा झुटको प्रवाहले हामीलाई केही समय अल्मलाउने मात्र हो सत्यलाई छोप्न सक्दैन । जब हामी अध्ययन नै नगरी झुटलाई सत्य मान्न थाल्दछौ । जानेर होस् या अन्जानमा होस प्रायस् सबै मानिसको जीवनमा यस्तो घटना हुने गर्दछ ।
झुटको नकाब अर्थात झुटको आडम्बरले मानिसलाई पतन गराउँछ । अन्जानमा झुटलाई समर्थन मात्र गर्यौ भने पनि झुटले हामीलाई नङ्ग्याउछ । झुटको नकाबबारे लेखिको यो कथाले निकै गहन भाव बोकेको छ । प्रायस् गरेर सबै कथामा सोझोपन र इमानदारीतालाई उल्लेख गर्ने कथाकारले यस कथामा केही चलाखी र बुद्धिमन्तको बाटो अपनाएकी छिन् । झुटबाट सजग रहन र सत्यतथ्य अध्ययन गरेपछि मात्र कुनै पनि काम रोज्न अरुलाई निर्देशन समेत गरेकीछिन् ।
बाहिर उज्यालो छ, पूर्णिमा हो क्यारे आज । मेरो मन र कोठा अँध्यारो छ । डर छ सायदै जीवनमा पहिलोपल्ट एक्लै रात बित्दै छ । डर छ मलाई मेरा सपना विपनामा परिणत हुँदैनन् कि भन्ने । यही गुलाबी उमेरले भविष्यलाई दिशा निर्देश गर्छ भन्छन् । सोच्छु, अनेक कुरा खेलाउछु मनमा । घरी भविष्य सम्झेर पुलकित हुन्छु त घरी वातावरण सम्झेर तर्सिन्छु । यो तर्साई त खास मेरो दिमागको तर्साई हो । यो हरफ कथाकारले हामी कसका लागि बाच्छौू शीर्षकको कतामा लेखेकिछिन् ।
भविष्य निर्माण गर्ने उमेरलाई कथाकारले गुलाबी उमेरको संज्ञा दिएकी छिन् । यसमा कथाकार चुकेकीछिन् । किनकी गुलाबी शब्द रङ्ग सम्बन्धित छ । यसले गुलाफ जस्तै जस्तै भन्ने जनाउँछ । व्यक्तिको भविष्य निर्माणका लागि एक बैसले महत्वपूर्ण भूमिका खेलेता पनि खासमा भविष्य निर्माणको बाटो तर्फ सानै देखि लागेको हुन्छ । जुन छाँप व्यक्तिलाई बच्चामा परेको हुन्छ त्यही छाँप अनुसार व्यक्तिको भविष्य निर्माण हुन्छ । यद्दपी उमेर र समयले भविष्य निर्माणका लागि भूमिका खेलेतापनि सानैमा परेको छाँपले नै व्यक्ति बढी प्रवाहित हुन्छ यसर्थ सानैमा केटाकेटीमा कुनै राम्रो कुराको छाँप पार्न सक्यौ भने त्यही अनुसार उनीहरूको भविष्य निर्माण हुन्छ । यहाँ एकरातको तर्साईको कुरा खोलिएको छ । यो राम्रो कुरा हो हाम्रो जीवनको अधिक समय हाम्रै दिमागबाट तर्सित हुन्छ । बाह्य अर्थात भए नभएका कुराहरू खेलाएर हामी जीवनसङ्ग त्यत्तिकै तर्सिएका हुन्छौ । यो सब हाम्रो दिमागको खेल हो । हामी भन्दा बाहिर कुनै तर्साई छैन् तर्साई स्वयम् व्यक्ति भित्र हुन्छ । तर्साउनु प्रमुख कारण हाम्रो मष्तिष्क हो हाम्रो सोच हो । हाम्रा हरेक सोचको जन्म हाम्रो दिमागबाट हुन्छ । जीवनसङ्ग निडर हुनु छ भने कृपया मष्तिष्क अर्थात दिमागलाई आफू अनुसार चाल्नुहोस् ।
यो कथामा शीर्षकले जति गहन भाव बोकेको छ त्यति गहन भाव कथा भित्रका हरफहरूले बोक्न नसकेको हो कि भन्ने पनि पाठकलाई आभास हुन सक्छ । किनकी कथा शीर्षकबाट चुकेको देखिन्छ तर कथाको कलात्मक भावले गर्दा कथाको सुरुवातमा हामी आफ्नो जीवन तर्सित भएर दिमाग सङ्गै बिचलित भएर कोही अरूका निमित्त बाचिरहेका छौ कि भन्ने प्रश्न भने उठाएको छ ।
पूर्णतया मौलिक प्रकृति र प्रवृत्तिका छन् गीतुका कथा । कथामा सजिलै गरी जीवन पद्धति र समाजलाई लेख्न सक्ने क्षमता कथाकारमा देखिन्छ । कथामा मौलिक धार प्रयोग भएकाले पाठकलाई पढ्नमा बढी रुचि हुन्छ होला नै । कथाकारलाई शुभकामना छ । कथाकारबाट अब यो भन्दा पनि बलिया कथाहरूको सिर्जना होस् । आत्मकथा जस्तै गरी लेखिएका गीतुका कथा समाजलाई सम्बोधन गर्ने किसिमका त छन् नै यसका साथै सबैलाई प्रश्न गर्ने प्रकृतिका हरफहरू पनि कथामा छन् । कुनै कुनै कथा शीर्षकबाट अलिक बाहिर जान खोजेका हुन कि भन्ने शंका गर्ने ठाउँ पनि कथामा प्रशस्त भेटिन्छ । यद्दपी कथा जति विषयवस्तु समेटर लेखिएको छ । कथाको शीर्षकले कथाभित्रका हरेक हरफहरूलाई न्याय गर्ने नसकेको हो कि भन्ने पनि लाग्छ । अनन्तस् समग्रमा नेपाली साहित्य जगतको कथा विधामा गीतुले लेखेका यी कथाहरूले नयाँ धार जन्माएको छ । आफ्नै स्तम्भ र बाटो देखाएको छ । यसैले यी कथाकारलाई सफल कथाकार भन्न सकिन्छ । गीतुका आठ ओटा कथा पढ्न पाएकोमा म आनन्दित छु ।