नेपालको सबैभन्दा ठूलो हिमालयन हाईड्रो एस्पोको तेस्रो संस्करण पूरा

आर्थिक बिहिबार चैत्र २४, २०७८

नेपालको हाईड्रोपावर क्षेत्रको सबैभन्दा ठुलो प्रदर्शनीको रुपमा रहेको हिमालयन हाइड्रो एक्स्पोको तेश्रो संस्करण  २०२२ मा सम्पन्न भएको समारोहमा साउथ वेष्टन बिजनेस कलेजको टिमले हाइड्रो सम्बन्धित उत्पादन र सेवाहरू प्रतियोगीतामा सर्वप्रथम भई रु. २०,००० नगद एवं प्रमाणपत्र प्राप्त गरेको छ ।

टिम लिडर संगम आचार्य रहेको र अन्य सदस्यहरुमा सोबित पंत , रोनिसा श्रेष्ठ , नबिना घले , दिनेश भण्डारी, सूष्मा लामा र पवन न्यौपाने को टिमले घट्दै जीवाश्म ईन्धन संग जलविद्युत लाभ अन्तर्गत आगामि १० वर्षको तथ्यांक प्रस्तुत गर्दै हामि संग वचत भएको विद्युतिय शक्तिमा खर्च गर्दा ३४ प्रतिशत दक्षता प्राप्त हुने दावा प्रस्तुत गरेका थिए ।

पोस्टर र मोडेल प्रस्तुत गर्दै आफ्नो भनाई अति कुशलताका साथ राख्न सफल साउथवेष्टन बिजनेस कलेज ९क्ध्द्यऋ० को टिमले प्रदर्शनि स्थलमा भएको घुईंचो लाईआफ्नोमा तान्न र उत्सुकताकासाथ चासो लिन बाध्य पारेका थिए एवं टिमले पुरस्कार उर्जा मन्त्री पम्फा भुसाल बाट प्राप्त गरेका थिए । उक्त परियोजनामा कलेजका कार्यक्रम संयोजक बिनय कट्टेल को संयोजकत्वमा रहेको थियो ।

Leave a Comment