काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा गैरसांसदलाई मन्त्री बनाएका छन् । देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुनमन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् ।
प्रधानमन्त्री देउवाले बिहीबार गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले बन्दीलाई कानुन मन्त्रीमा नियुक्त गरेकी हुन् । बन्दीको सपथ दिउँसो २ बजेका लागि तय भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । संविधानको धारा ७८ अनुसार प्रधानमन्त्रीको सिफारिसमा गैर सांसदलाई राष्ट्रपतिले मन्त्री नियुक्त गर्न सक्ने छन् । तर यसरी नियुक्त भएको मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता लिनुपर्छ । अन्यथा मन्त्री पद स्वत खारेज हुन्छ ।
हाल दिलेन्द्र बडू कानुनमन्त्री छन् । बन्दीलाई कानुनमन्त्री बनाएपछि दिलेन्द्र वडूलाई भने उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने प्रधानमन्त्रीको तयारी छ ।