काठमाडौं । तराई मधेशमा आज चैती छठ पर्व मनाइँदै छ । सोमवारबाट सुरु भएको चैती छठ अन्तर्गत आज साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइने छ । छठ पर्वका लागि तराई मधेशका ताल, नदी र पोखरीहरूलाई दुलही झै श्रृङ्गारिएको छ ।
शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ पर्वमा सूर्य भगवानको पुजा आरधना गर्ने गरिन्छ । पर्वको पहिलो दिन व्रतालुहरूले चोखो खाने, दोस्रो दिन नहा खाए गर्छन् भने तेस्रो दिन दिनभरि उपवास बसेर साँझ सखर मिसाइएको खिर खाने गर्छन् ।
जसलाई खरना पनि भन्ने गरिन्छ । छठको अन्तिम दिन भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर विधिवत रुपमा छठ सम्पन्न हुनेछ ।