काठमाडौं । नेपालमा जीवनजलको उत्पादन बन्द हुने अवस्थामा पुगेको छ । जीवनजलको लागत रकम पनि नउठ्ने भएपछिे उत्पादन बन्द हुने अवस्थामा पुगेको उद्योगहरुले बताएका छन् । नेपाल औषधि उत्पादक संघ एपोनका उपाध्यक्ष सन्तोष बरालले लागत रकम पनि नउठ्ने नभएपछि उत्पादन बन्द गर्ने अवस्था्मा पुगेको बताउनुभयो ।
सरकारले २०६४ सालमा पुनर्जलीय झोलको मूल्य प्रति प्याकेट १० रुपैयाँ तोकेको थियो। १४ वर्षदेखि पारासिटामोल, पुनर्जलीय झोल लगायत २१ वटा औषधिको मूल्य समायोजन भएको छैन। उहाँका अनुसार पारासिटामोल, स्टालाइनका बोतल, पुनर्जलीय झोल लगायत २१ वटा औषधि बजारमा नपाउने अवस्थामा पुगेको उनले बताए। भारतमा पुनर्जलीय झोलको मूल्य ३२ रुपैयाँ छ । पुनर्जलीय झोल (ओआरएस)लाई जीवनजलको नाममा चिनिन्छ ।
जीवनजल नेपाल औषधि लिमिटेडले उत्पादन गर्ने पुनर्जलीय झोल बनाउने सोलुसन अर्थात ओरल रिहाइड्रेसन सोलुसन (ओआरएस)को नाम हो। यस्ता ओआरएस नेपालमा अन्य कम्पनीले पनि उत्पादन गर्छन्। विदेशबाट समेत आयात हुन्छ ।