काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नियुक्त ७१ निर्वाचन अधिकृतलाई १० दिन नबित्दै हटाएको छ, निर्वाचन आयोगले उहाँहरुको सट्टामा नयाँ कर्मचारीलाई ल्याएको छ ।
आयोगले हिजो जारी गरेको सूचनाअनुसार निर्वाचन अधिकृतको अनुसूची–१ बमोजिमका ७१ निर्वाचन अधिकृतलाई ‘विभिन्न कारण’ हटाइएको जनाएको छ ।
नियुक्त नयाँ निर्वाचन अधिकृतलाई यही चैत २९ गतेभित्र तोकिएका स्थानमा हाजिर हुन आयोगले निर्देशन पनि दिएको छ ।