काठमाडौं । कुनै बेला कुख्यात गुण्डाको परिचय बनाएका दिपक मनाङे राजनीतिमा आएर पनि गुण्डार्दी देखाइरहेका छन । मनाङबाट स्वतन्त्र सांसद बनेका मनाङे यति बेला गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्रीका रुपमा रहेका छन् ।
मन्त्री मनाङेले मंगलबार आफ्नै कर्मचारीमाथि कुटपिट गरेका छन् । उनले मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझामाथि हातपात गरेको मन्त्रालयले जनाएको छ ।
फाइल लिएर मन्त्रीको कार्यकक्षमा पुगेका ओझालाई मन्त्री मनाङेले हातपात गरेका हुन् । ओझाले कुटपिटबारे मन्त्रालयका सचिव बद्री अधिकारी र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई घटनालगत्तै जानकारी गराएका थिए ।