लोसपा अध्यक्ष ठाकुर अस्वस्थ, हेलिकोप्टर मार्फत काठमाडौं ल्याइयो

मुख्य खबर बुधबार चैत्र २३, २०७८

काठमाडौं । लोकतान्त्रीक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर अचानक बिरामी भएपछि थप उपचारका लागि काठमाडौं ल्याएको छ । स्थानीय तहको निर्वाचनको लाागि पार्टीका तर्फबाट प्रचार प्रसारका लागि नवलपरासी पुगेका ठाकुरलाई एकाएक बिरामी भएका थिए।

 

बुधबार बिहान ठाकुरले आफ्नो स्वास्थ्यमा समस्या आएको बताएपछि भैरहवास्थित भीम अस्पतलका चिकित्सक सिद्धार्थ पाण्डेसहितको टिम उनको उपचारमा खटिएको थियो ।

पाण्डेका अनुसार काठमाडौंको मेडिसीटी अस्पतालमा उपचार गर्ने गरि भैरहवाबाट हेलिकप्टरबाट ठाकुरलाई लगिएको हो । ठाकुरको स्वास्थ्यमा समस्या आएको जानकारी भएपछि चिकित्सक पाण्डेसहितको टोली उनी बसेको होटेलमै बिहान करिब ८ बजेतिर पुगी स्वास्थ्य जाँच गरेका थिए ।

 

ठाकुरलाई बिहान ९ बजेतिर उपचारका लागि भीम अस्पताल पुर्‍याइउको थियो । बिहान दिउसो १ स् २० को समयमा भीम अस्पतालबाट गौतम बुद्ध विमानस्थल लगिएको थियो । १ स् ४५ मा विमानस्थलबाट हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।

 

Leave a Comment