दुई जनाको सफलतापूर्वक कलेजो प्रत्यारोपण

मुख्य खबर बुधबार चैत्र २३, २०७८

काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा दुई जनाको सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र भारतको दिल्लीस्थित म्याक्स हस्पिटलका डा. शलिन अग्रवाल नेतृत्वको टोलीले चैत दुई जनाको कलेजो प्रत्यारोपण गरेको हो।

कीर्तिपुरका ४६ वर्षीय इच्छाकुमार महर्जन र झापाका ५१ वर्षीय रामचन्द्र वलीको कलेजो सफल रुपमा प्रत्यारोपण गरिएको केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले जानकारी दिनुभयो ।

महर्जनलाई उहाँकै श्रीमती ४३ वर्षीया ज्ञानीशोभा महर्जनले र वलीलाई उहाँकी १९ वर्षीया छोरी सुमित्रा वलीले कलेजो दिनुभएको हो । दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

 

Leave a Comment