१६ औं अन्तराष्ट्रिय औधोगिक व्यापार मेला हुने

आर्थिक बुधबार चैत्र २३, २०७८

काठमाडौं । सोह्रौं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव आगामी जेठमा हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आगामी जेठ १९ देखि २३ गतेसम्म महोत्सव हुने जानकारी दिएको छ ।

मेड इन नेपाल अभियानको रुपमा स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्दै आएको मेला कोरोना महामारीको कारण दुई वर्षदेखि स्थगित हुँदै आएको थियो।

यस वर्ष महासंघका उपाध्यक्ष शोभा गुरुङको संयोजकत्वमा प्रदर्शनी आयोजक समिति गठन गरी तयारी सुरू गरिएको छ ।

Leave a Comment