पौडेललेको संयोजकत्वमा सत्तागठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समिति गठन

मुख्य खबर मङ्लबार चैत्र २२, २०७८

काठमाडौं। सत्तारुढ दल गठबन्धन दलहरुले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललेको संयोजकत्वमा स्थानीय तहको निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ । मंगलबार बसेको सत्ता साझेदार दलहरुको बैठकले नेता पौडेललेको संयोजकत्वमा उक्त समिति गठन गरेको हो।

समितिमा पाँच दलका प्रतिनिध नेताहरु समेत रहनेछन् । समितिमा नेताहरु गगन थापा, ज्ञानेन्द्र कार्की, वर्षमान पुन, देव गुरुङ, बेदुराम भुसाल, विजय पौडेल, अशोक राई र रेनु यादव रहेका छन् ।

 

यसैगरी सत्ता गठबन्धनका नेताहरुले अर्थतन्त्रमा देखिएका समस्या सुधारका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्री देउवाले कोभिडपछि धरमराएको अर्थतन्त्र सुधारका लागि विज्ञहरुसँग छलफल गरेर अगाडि बढ्ने बताएका थिए ।

 

Leave a Comment