सैद्धान्तिक तालमेल गर्न सहमत भएका पाँच दल राजनीतिक लेखाजोखामा व्यस्त

मुख्य खबर मङ्लबार चैत्र २२, २०७८

काठमाडौं । स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सैद्धान्तिक सहमति गरेका पाँच दल स्थानीय राजनीतिक लेखाजोखामा जुटेका छन । गठबन्धनको चैत १७ मा बसेको बैठकले वडासम्मकै राजनीतिक प्रतिवेदन मागेपछि पाँचदलीय स्थानीय संयन्त्रले काम थालेका छन्। ।

सात प्रदेश, ७७ वटै जिल्ला र ७ सय ५३ वटै पालिकामा गठित संयन्त्रले चैत २२ भित्र देशभरको प्रतिवेदन दिने र त्यसका आधारमा केन्द्रबाट निर्णय लिने तयारी छ ।

स्थानीय संयन्त्रले बुँदागत आधारमै सबै पार्टीको २०७४ को र हालको अवस्थाको विश्लेषणात्मक अध्ययन गरेर केन्द्रमा प्रतिवेदन पठाउने तयारी गरेका छन्। स्थानीय तहमा विगतको निर्वाचन परिणाम र पछिल्लो राजनीतिक अवस्थाका आधारमा चुनावी रणनीति बनाउने गठबन्धनको तयारी छ ।

 

Leave a Comment