काठमाडौं । १५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई आगामी शुक्रबारदेखि टाइफाइडविरुद्घको खोप दिइने भएको छ । २४ दिनसम्म चल्ने यस अभियानपछि नियमित खोप कार्यक्रममा पनि टाइफाइडविरुद्धको खोप दिने सरकारको तयारी छ ।
स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले देशव्यापी खोप अभियानमार्फत टाइफाइड संक्रमण र यसबाट हुने जटिलतालाई न्यूनीकरण गर्न देशव्यापी खोप अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले ६ वर्षअघि नै टाइफाइड देखिने मुलुकलाई नियमित खोप कार्यक्रममा यसलाई समावेश गर्न आग्रह गरेको थियो ।