एमाले अध्यक्ष ओलीले लघु चलचित्र निर्माण सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै

राजनीति सोमवार चैत्र २१, २०७८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवा संघ नेपालले आयोजना गरेको लघु चलचित्र निर्माणसम्बन्धी कार्यक्रमलाई आज सम्बोधन गर्दैछन् ।

चाबहिलस्थित चलचित्र बोर्डको कार्यालयमा अपराह्न ४ बजे ओलीले कार्यक्रमलाई सम्बोधन गर्ने भएका हुन् ।युवा संघले युवालाई उत्प्रेरणा जगाउने खालका लघु चलचित्र निर्माण गर्ने प्रतियोगिता आयोजना गरेको र आज ग्राण्ड फिनाले भएकाले अध्यक्ष ओलीले सम्बोधन गर्ने भएको संघका सचिवालय सदस्य दुष्यान्त दाहालले बताउनुभयो ।

दाहालका अनुसार उत्कृष्ट लघु चलचित्रहरू छनोट भइसकेका छन् ।

Leave a Comment